जापानमा १७ वर्ष देखि यी हुलाकीले किन लुकाए २४ हजार पत्र ?

काठमाडौं । जापानमा एक हुलाकीले हजारौं पत्रहरु लुकाएर राखेको पाइएको छ ।

टोकियोको कानाग्वा शहरमा हुलाकीले करिब २४ हजार पत्रहरु लुकाएर राखेको जापानी अधिकारीहरुले जनाएका छन् । ६१ वर्षीय हुलाकीले आफूभन्दा कम उमेरका हुलाकीले जस्तै काम गरेको देखाउन र सबै पत्रहरु पुर्‍याउन अल्छी मान्दै पत्रहरु लुकाएर राखिएको बताइएका छन् ।

योकोहामा हुलाक कार्यालयले पत्र लुकाइएको घटना सार्वजनिक भएपछि माफी माग्दै सबै पत्रहरु निश्चित स्थानमा पुर्‍याउने बताएको छ । पत्र लुकाउने व्यक्ति हुलाक कार्यालयमा हेड अफ डेलिभेरीका रुपमा कार्यरत थिए । पछि उनले गर्दै आएको काम शंकास्पद लागेपछि उनीसँग सोधपुछ गरिएको थियो । उनले आफूले पत्र लुकाएको स्वीकार गरेपछि उनलाई कामबाट बर्खास्त गरिएको थियो ।

हुलाक अधिकारीहरुले त्यसपछि उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । २०१७ देखि गत वर्षको नोभेम्बरसम्ममा करिब एक हजारपत्र हराएको कार्यालयले जनाएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा भने हुलाकीले सन् २००३ देखि नै पत्र लुकाएर राखेको पाइएको हो ।

आरोप प्रमाणित भएमा हुलाकीले तीन वर्ष जेल सजाय वा करिब ५ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

गणतन्त्र दिवसकै दिन भारतको आसाममा चार वटा ग्रिनेड बिस्फोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?