विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग

काठमाडौं, ९ माघ- सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।’ सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सरस्वती मलाई विद्या देऊ’ भन्दै सेतो चकले लेख्न पनि छुटाएनन्‘मेहनत त आफैंले गर्ने हो। तैपनि भगवानले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे। मैले पनि यही सम्झेर आशिर्वाद मागेको हुँ’, अधिकारीले भने। स्वयम्भूमा मात्र होइन, राजधानीका अन्य मन्दिरमा पनि रामहरिजस्ता असंख्य विद्यार्थीले सोमबार सरस्वतीको पूजा आराधना गर्दै विद्या प्राप्तिको कामना गरे। कतिपय अभिभावकले भर्खर हुर्कंदै गरेका नानीबाबुलाई अक्षर चिनाउने सुरुवाती दिनको रुपमा पनि यस पर्वलाई उपयोग गरेयही मेसोमा निजी विद्यालय सञ्चालकहरूले स्कुल परिसरमा सरस्वतीको भव्य पूजा समारोहको आयोजना मात्र गरेनन् विद्यारम्भ गर्ने उमेरका साना बालबालिका तान्न अभिभावकलाई लोभ्याउन अनेकौं भर्ना शुल्कमा छुटलगायत विभिन्न ‘अफर’ दिनसमेत उपयोग गरे। अधिकांश निजी विद्यालयले सरस्वती पूजाका दिन भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्कमा ५० देखि सय प्रतिशतसम्म छुट दिएकेही निजी विद्यालयले त भर्ना गर्ने पहिलो विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, कपिलगायत स्टेसनरीसमेत निःशुल्क दिने घोषणा गरे। गल्लीमा समेत विद्यार्थी लोभ्याउन स्कुल सञ्चालकहरूले यस्ता छुटसम्बन्धी पर्चा, पम्प्लेट झुण्ड्याएका छन्। तर शिक्षाविद्हरूले भने स्कुल सञ्चालकका यस्ता गतिविधिलाई ‘श्रीपञ्चमीको नाममा गरिएको व्यापार’को संज्ञा दिएका छन्। यो पर्व किन मनाइयो ? यसको महत्वबारे स्कुल सञ्चालकहरू अनभिज्ञ रहेको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?