काठमाडौँ, ९ माघ- जाजरकोट र बाजुरालगायत जिल्लामा प्रकोपका रूपमा देखिएको मौसमी रुघाखोकीमा हङकङ फ्लु (एच३एन२) समेत देखिएको छ । हङकङ फ्लु भाइरस इन्फ्लुएन्जा ‘ए’ उप–प्रजातिको एच३एन२ नामले चिनिन्छ, कान्तिपुरमा खबर छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्याल) परीक्षण गर्दा हङकङ फ्लु (एच३एन२) देखिएको हो । बाजुराबाट आएका ५ नमुनामध्ये ३ र जाजरकोटका ८ नमुनामध्ये ५ वटामा एच३एन२ देखिएको थियो । सन् १९६८ को जुलाइमा फैलिएको हङकङ फ्लुको प्रकोपले विश्वभर १० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो । यो रुघाखोकी हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु रहन गएको हो । हाल हङकङ फ्लु भाइरलविरुद्घ आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । नेपालमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले बाजुरा र जाजरकोटमा मौसमी रुघाखोकी एच३एन२ देखिएको जानकारी दिँदै अन्य ठाउँको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया