मन्त्री ढकाल र बास्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

काठमाडौं –  गत पुस ७ गतेदेखि रिक्त रहेका दुई मन्त्रालयको जिम्मेवारी बहालवाला मन्त्रीहरुलाई नै दिईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थपेसँगै तत्काललाई मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि सरकारले आफूसँग गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री तथा उपप्रधानमन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सहरी विकास मन्त्री महोमद इस्तियाक राईले राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?