समाजवादीले संगठन विस्तार तथा सुदृढीकरण अभियान थाल्ने

’काठमाडौं । समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको छ ।
यस अभियानलाई सञ्चालन गर्न समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए । अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा भाग लिने छन् । संयोजक श्रेष्ठले यस अघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।
पार्टी कार्यालयको स्रोतले जनाए अनुसार अभियानको उद्घाटन तथा अभिमुखिकरण ७ वटै प्रदेशमा एक साथ हुने् छ । यसका लागि निम्नानुसार पार्टीका केन्द्रीय पदाधिकारीहरू खटाइएको छ ।
प्रदेश नं. १
प्रमुख अतिथि वरिष्ठ नेता, अशोक कुमार राई विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महाचिव रणध्वज कन्दङवा र सचिव परशुराम वस्नेत ।
प्रदेश नं. २ (मधेश प्रदेश)
प्रमुख अतिथि केन्द्रीय समिति अध्यक्ष मा. उपेन्द्र यादव विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय मा. रेणुकुमारी यादव र मा. लालबावु राउत, महासचिव मा. रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिं ।
प्रदेश नं. ३
प्रमुख अतिथि सहअध्यक्ष मा राजेन्द्र प्रसाद श्रेष्ठ विशिष्ठ अतिथिहरू उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठ ।
प्रदेश नं. ४ (गण्डकी प्रदेश)
प्रमुख अतिथि सङ्घीय परिषद अध्यक्ष मा. डा.वावुराम भट्टराई विशिष्ठ अतिथि उपमहासचिव डम्बर खतिवडा ।
प्रदेश नं. ५
प्रमुख अतिथि उपाध्यक्ष नवराज सुवेदी विशिष्ठ अतिथि सचिव मा. मो.इस्तियाक राई ।
प्रदेश नं. ६ (कर्णाली प्रदेश)
प्रमुख अतिथि उपाध्यक्ष युवराज कार्की विशिष्ठ अतिथि सचिव भक्त बहादुर शाह ।
प्रदेश नं. ७ (सुदुरपश्चिम प्रदेश)

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने छन् । जिल्लामा सम्बन्धित जिल्लाका वरिष्ठतम तथा कृयाशील केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने छ । समाजवादी पार्टीले यस अभियानमार्फत आधारभूत तहसम्म पार्टी संगठन विस्तार गर्ने छन् । गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति बनाउने कामलाई तीब्रता दिइने छ । पार्टी एकताको उर्जालाई संगठनमा रूपान्तरण गर्ने, गाउँ गाउँ र टोल टोलसम्म पार्टी संगठन बनाउने, ब्यापक रूपमा पार्टी प्रवेश गराउने र पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यका साथ अभियान चलाउन लागेको कुरा केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?