सूचना आयुक्तले लिए शपथ

काठमाडौं – राष्ट्रिय सूचना आयोगका आयुक्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

सँगै सोही अवसरमा अध्यक्ष गुरुङले प्रधानमन्त्रीको उपस्थितिमा नवनियुक्त आयुक्त रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई पनि शपथग्रहण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?