बुढानिलकण्ठमा पैदलयात्रुको ज्यान जाने गरी कार चलाउने चालकलाई थुनामा पठाउन आदेश

काठमाडौं । बुढानिलकण्ठमा पैदलयात्रुको ज्यान जाने गरी दुर्घटना गराउने चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक कुमार दाहालको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनले मादक पदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको पाइएको आदेशमा उल्लेख छ ।

गएको मंसिर २८ गते दुर्घटना भएको हो । उक्त कारमा अभिनेत्री परमित राणा रहेको खुलेको छ । राणाले घटना भएको तीन सातापछि फेसबुकमा एउटा स्टाटस लेख्दै कारमा आफू रहेको स्वीकारेकी छन् ।

यो पनि
बुढानिलकण्ठ दुर्घटनाको पश्चाताप गर्दै नायिका परमिता राणाले फेसबुकमा मागिन् दुई पेज लामो माफी, कमेन्टको वर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?