बुढानिलकण्ठ दुर्घटनाको पश्चाताप गर्दै नायिका परमिता राणाले फेसबुकमा मागिन् दुई पेज लामो माफी, कमेन्टको वर्षा

काठमाडौं । गएको मंसिर २८ गते बुढानीलकण्ठमा दुर्घटना भएको कारमा अभिनेत्री परमित राणा रहेको खुलेको छ । राणाले घटना भएको तीन सातापछि फेसबुकमा एउटा स्टाटस लेख्दै कारमा आफू रहेको स्वीकारेकी छन् ।

मंसिरको अन्तिम साता बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।

चालक २१ वर्षीय पृथ्वी मल्लले अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा देवकोटाको मृत्यु भएको थियो ।

उक्त कारमा चालक मल्लसहित करिश मास्के, एलिना थापासहित र अर्की एक जना युवती रहेको कुरा प्रहरीले बताएको थियो । तर ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गर्न सकेको थिएन ।

उनले फेसबुकमा एउटा स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान बताएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?