अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री

एजेन्सी । इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको अरोप लगाएका छन् । उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए ।

विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरुलाई नै आतंककारी क्रियाकलाप भन्ने हो भनेका छन् ।

उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने पनि बताए । उनले भने हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमाण्डरको हत्याको बदल लिनेछौँ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?