अस्ट्रेलियाले किन मार्दैछ १० हजार ऊँट ? हेलिकप्टरबाट हानिनेछ गोली

काठमाडौँ । अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

डेली मेलका अनुसार हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने छन्।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिले देखि रहिआएको छ। अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?