एजेन्सी । महिलाप्रति सम्मानको भावना राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक आदिवासी महिलालाई गोडामा झुकेर प्रणाम गरेका छन् । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
यो फोटो भारतको कर्नाटक स्थित तुमकरमा आयोजना भएको एउटा कार्यक्रमको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री मोदी अवार्ड लिन आएकी कञ्चन वर्मा नाम गरेकी महिलाको गोडालाई छोएको फोटो सामाजिक सञ्जाहरुमा अहिले भाइरल भएको हो । भारतीय सञ्चारमाध्यामका अनुसार प्रधानमन्त्री मोदीबाट उक्त महिला अवार्ड लिँदै थिइन् ।
सो बेलामा महिलाले प्रधानमन्त्रीको गोडा छुनको लागि निहुरिइन् तर मोदीले उनलाई आफ्नो गोडा छुन रोकेर आफैले उक्त महिलाको गोडा छोएर प्रणाम गरेका थिए । यो देखेर महिला भावुक बनिन् ।
महिलालाई प्रधानमन्त्री मोदीले कृषि कर्मण अवार्ड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया