मलाई प-यो मलाई प-यो भन्दाभन्दै प्रहरीको पञ्जामा, स्युचाटारमा जुवाडेको भागाभाग

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटारबाट प्रहरीले ५ जना जुवाडेलाइ पक्राउ गरेको छ । स्युचाटारस्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत ५ जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरुलाइ पक्राउ गरि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?