बालबालिका स्कुल जान मानेनन् ? मनोविश्लेषक र शिक्षाविद्को यो सुझाव अपनाउनुहोस्

काठमाडौं-  नेपाली समाजमा प्राय अभिभावक अशिक्षित छन् या त व्यस्त छन् । यी दुवै अवस्थामा अभिभावकहरुको समान सोच के हुन्छ भने, ‘छोराछोरीलाई महंगो स्कुलमा भर्ना गरिदिएपछि उनीहरुसँग सम्बन्धित सबै जिम्मेवारीबाट मुक्त भइन्छ’ । यता उचित शैक्षिक नीतिको अभावमा स्कुलहरुले पनि मनमानी ढङ्गले सिकाइलाई व्यापार बनाइरहेका छन् ।

यस्तो अवस्थामा बालबालिकामा कसरी पढाइप्रति अभिरुचि बढाउन सकिन्छ ? भनेर लोकपथ डटकमले केहि मनोविश्लेषक र शिक्षाविद्सँग सुझाव मागेको थियो ।

– आमा पहिलो शिक्षिका हुन् । त्यसैले उनले घरको कामधन्दा गर्दैगर्दा होस् या कामबाट फर्किसकेपछिको समयमा होस् छोराछोरीलाई होमवर्क गर्न मद्दत गर्ने, उनीहरुको दिन कस्तो रह्यो भनेर जान्न चाहने, गुनासो सुन्ने गर्नुपर्छ ।

– स्कुलप्रति बालबालिकाको मस्तिष्कमा भएको नकारात्मक छविलाई परिवर्तन गर्न अभिभावकले विशेष भूमिका खेल्ने ।

– स्कुलले पनि सिर्जनात्मक शिक्षण शैली अपनाएर पारिवारिक वातावरणमा सिकाउने, पढाउने ।

– विद्यार्थीलाई उसको रुचिअनुसारको विषय पढ्न र क्रियाकलापमा संलग्न हुन प्रेरणा दिने ।
आफ्नो घर परिवारका सदस्य अभिभावक र साथी संगतमा सकारात्मक सोँचको विकास गर्ने ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ? 

किन स्कुल जान मान्दैनन् बालबालिका ?
एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु ! 
डिजिटल मिडियाको आतंक, कसरी जोगाउने बालबालिका ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?