काठमाडौं । वरिष्ठ हॉस्यकलाकार आनन्द थापाको निधन भएको छ ।
उनको ८० वर्षको उमेरमा गए राति निधन भएको हो । उनी २ वर्ष देखी प्यालाईसिसबाट पिडीत थिए ।
मनको वॉध चलचित्रबाट अभिनय सुरु गरेका उहाँले कुमारी ,कान्छी, मायॉप्रिती, अचानक, राज, प्लान ,वरदानलगायत दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । गाईजात्रा महोत्सव हास्य व्यग्य कार्यक्रम नाटक टेलिफिल्म लेखन निर्देशन समेत गर्नुभएका कलाकार थापाको श्रीमती र ३ छोरा छन् ।
२०४१ सालमा रिलिज भएको ‘कान्छी’ सिनेमामा समाविष्ट ‘फरियालाई भूंईंमा लतारी बोल’को गीतले उनलाई चर्चा दिलाएको थियो ।
उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा हुने पारिवारीक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया