काठमाडौं । स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको पार्थिव शरीर अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा राखिएको छ । भट्टराई र क्षेत्रीको अन्तिम दाहसंस्कार गर्न पशुपति आर्यघाटमा कलाकर्मी, राजनीतिज्ञ तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।
कलाकार क्षेत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो ।
शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो ।
यसअघि भट्टराई र क्षेत्रीको अन्तिम संस्कारअघि पार्थिव शरीर चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनीहरुलाई अन्तिम श्रद्वान्जली दिन उनका शुभचिन्तक, विभिन्न राजनीतिज्ञ, कलाकर्मी लगाएत चलचित्र विकास बोर्ड पुगेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया