उपप्रधानमन्त्री पोखरेलद्वारा स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले चलचित्र विकास बोर्डको कार्यालय पुगेर स्वर्गीय भट्टराइको पार्थिव शरिरमा माल्यार्पण गर्नुभएको हो ।

त्यहाँ पुगेर स्वर्गीय भट्टराइको पार्थिव शरिरमा माल्यार्पण गर्न कलाकारदेखी नेता तथा सर्वसाधारणको भिड लागेको छ ।

अचानक विरामी परेपछि आइतबार राति भट्टराईलाई अस्पताल लगिएको थियो । अस्पतालमा पुग्ने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। स्वर्गीय भट्टराईको शव चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?