हिमपातमा फसेका ११ जनाको उद्धार

काठमाडौं । ताप्लेजुङको पाथिभर देवी मन्दिर परिषरमा हिमपातमा फसेका ११ जनालाई प्रहरीले उद्वार गरेको छ ।

पाथिभर देवीको दर्शनका लागि गएका दर्शनार्थीहरु गत २८ गते फर्किन सकेको थिएनन् । उनीहरुलाई अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्वार गरीएको प्रहरीले जनाएको छ ।

पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरिक फसेमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?