पूनर्निर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन सकिएन : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताउनुभएको छ ।

२५ औं महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताउनुभएको हो ।

विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूर्ननिर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उहाँले बताउनुभयो । मेयर शाक्यले आफुले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताउनुभयो ।

‘केही काम गर्न पनि बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

२५ औं महानगर दिवसका अवशरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएको छ । महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो ।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उहाँले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?