ग्राण्डी अस्पतालले ग-यो १०५ बर्षीय बृद्धको निःशुल्क उपचार

काठमाडौं । राजधानीको धापासीस्थीत ग्राण्डी इन्टरनेशनल अस्पतालले १०५ बर्षीय एक बृद्धको निःशुल्क उपचार गरिदिएको छ। स्वास्थ उपचारको लागि स्वदेशको आर्कषक गन्तब्य बन्दै आइरहेको उक्त अस्पतालले काठमाडौं बल्खुमा बसोबास गर्दे आएका १०५ बर्षीय बृद्ध गणेशबहादुर अधिकारीेको निःशुल्क उपचार गरिदिएको हो ।

स्थाई घर मकवानपुर भएका अधिकारीको बिगत ८ बर्षदेखि दुबै घुडामा समस्या रहेको थियो । बरिस्ठ कलाकार सन्तोष पन्तको निकट रहेको अधिकारीलाई गत बर्ष यता सहनै नसक्ने गरी दुखाइ हुँदै आएको थियो ।

पन्तकै सल्लाहमा ग्रांडी अस्पताल आइपुगेको अधिकारीले बताए । अस्पतालका मेडिकल डाइरेक्टर एब बरीष्ठ हाडजोर्नी तथा नसा रोग बिषेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले उनको उपचार गरेको हो ।

घुंडा खिइने समस्याबाट ग्रसित अधिकारीले ग्राण्डी अस्पतालले बृद्धहरु प्रति गरेको सम्मान प्रति प्रशन्नता ब्यक्त गरे । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले १०५ बर्षीय बृद्धको उपचार गर्न पाउनु सौभाग्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?