बेलायतबाट हिँडेरै नेपाल आउँदै ७३ वर्षीया रोजी

काठमाडौं । बेलायतबाट नेपाल हिँडेर आउने सम्भावना कतिको छ ? अहिलेको २१ औँ शताब्दीमा हिँडेर यति लामो दुरीको पैदल यात्रा गर्ने मानिस सायदै होलान् ।

तर यो अनौठो र अपत्यारिलो कुरालाई हामीले विश्वास गर्न बाध्य हुनैपर्ने बेला भएको छ । चर्चित च्यारिटी रनर रोजी स्वेल पोप बेलायतदेखि नेपालको काठमाडौंसम्म पैदल यात्रा गर्दै आउने हुँनुभएको छ । अहिलेसम्म उहाँले नेपाल आउनका लागि युरोपदेखि इस्तानबुलसम्मको पैदल यात्रा पुरा गरिसक्नुभएको छ । भने अब उहाँ करिब ६ हजार माइलको पैदल यात्रा तय गर्दै काठमाडौं आउने तयारीमा रहेकी हुँनुहुँन्छ ।

७३ वर्षीय रोजी नेपालसम्म पैदल यात्रा गर्नुको छुट्टै उद्देश्य रहेको बताउँउनु हुन्छ । उहाँले बेलायतको ब्राइटनदेखि नेपालको काठमाडौंसम्मको पैदल यात्रा सुरु गर्नुभएको हो। नेपालका ग्रामीण क्षेत्रमा सेवा मूलक कार्यक्रमका लागि उनले यो पैदल यात्रा सुरु गरेको बताइएको छ ।

२०७२ मा नेपालमा आएको भूकम्पले धेरै जनधन तथा मानवीय क्षति भएको भन्दै रोजी भूकम्पले गरेको क्षतिबाट समस्यमा परेका नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र अन्य थुप्रै स्थानीय समुदायमा सहयोग गर्ने उद्देश्यले बेलायतदेखि नेपालसम्मको पैदल यात्रामा उत्रिएको बताइएको छ।

यो यात्रा मानिसलाई खाना दिनका लागि मात्र होइन्, यो जानेबुझेका मानिसलाई आफैं खाद्य उत्पादन गर्नका निम्ति गरेको सहयोग भएको रोजीले बताउनुभएको छ । टर्कीको राजधानी इस्तानबुलको मुख्य गन्तव्य ब्लु मस्क मस्जिद र हाजियन सोफियमा आराम गर्दै गर्दा उहाँले आफ्नो भाव पोख्नुभएको छ ।

२०७२ मा आएको ७.८ रेक्टर स्केलको भूकम्पले क्षति पुर्‍याएको नेपाल अहिले पुःन निर्माणमा जुटिरहेको छ । ९ हजार मानिसको ज्यान लिएको भूकम्पले १० लाख भन्दा धेरको बिचल्ली बनाएको थियो ।

टेन्बीकी बासिन्दा पोपले जुलाई २०१८ मा ब्राइटेनदेखि काठमाडौंसम्मको पैदल यात्रा घोषणा गर्नुभएको थियो। पैदल यात्राको क्रममा टर्की उनको १३ औं देश हो । अब उहाँको यात्रा रिपब्लिका जर्जिया हुनेछ । उहाँ औसत प्रतिदिन २० किलो मिटर पैदल यात्रा गरिरहनुभएको छ ।

मलाई थाहा हुँदैन हरेक रात म कहाँ सुत्छु । म जमिनमा पनि सुत्छु, गल्लीमा पनि सुत्छु, फेरी जब निन्द्रा खुल्छ उठेर हिँड्न सुरु गरिहाल्छु । यस क्रममा म केवल नयाँ मानिस मात्र भेट्छु उहाँले भन्नुभयो।

उहाँ आफ्नो रातो ठेलगाढा पछाडि तान्दै दर्गुने गर्नुहुँन्छ। विश्वकै लामो यात्रा तय गर्ने सोलो रनरको रुपमा उहाँ प्रख्यात हुँनुहुँन्छ । । काठमाडौंसम्मको पैदल यात्रा उनको पहिलो च्यारिटी रन भने होइन । यस अघि पनि २००४ मा उहाँको च्यारिटीकै लागि विभिन्न देशको यात्रा पुरा गरिसक्नुभएको छ ।

२०१५ मा उनले अमेरिकाको न्युयोर्क सहरदेखि सान फ्रानसिस्कोसम्म पैदल यात्रा गर्नुभएको थियो। यो यात्रा उहाँले आफ्नो दिवंगत श्रीमान क्लिभको सम्मानका लागि गर्नुभएको थियो। उहाँका श्रीमान किल्भको प्रोस्टेट क्यान्सरका कारण मृत्यु भएको थियो ।

रोजीले बेलायतबाट अमेरिकासम्म १७ फुटको डुंगामा निरन्तर एकल यात्रा गर्दै पार गर्नुभएको थियो। उहाँ आफूलाई एक साधारण व्यक्तिको रुपमा चिनाउन मन पराउँनुहुँन्छ । रोजी भन्नुहुँन्छ भन्छिन्, म एक वृद्ध मान्छे, जसरी म नयाँ मानिस भेट्छु त्यो म कुनै पनि तरिकाले कहिले पनि भेट्दिन। वास्तवमा यो जीवनलाई अरु धेरै दिने तरिका हो किनकि मसँग बढी छ । उहाँले विश्वसँग आफूलाई फरक किसिमले जोड्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?