काठमाडौं । प्रदेश ३ को राजधानी हेटौँडाबाट नै सवारी चालक अनुमतिपत्र (स्मार्ट) लाइसेन्स लिन पाइने भएको छ। यातायात व्यवस्था सेवा कार्यालय हेटौडाले बुधबार दिउसोदेखि नै अनलाइन एप्लिकेसन मार्फत दर्ता लिन सुरु गरिसकेको छ।
अब देशभरबाट पनि लाइसेन्सको लागि फारम भर्न सकिने र यो प्रक्रिया नियमित हुने प्रदेश ३ यातायात व्यवस्था सेवा कार्यालयक हेटौडाका प्रमुख पोषण थापाले जानकारी दिनुभयो । यसको लागि कार्यलयको www.dotm.gov.np खोली अनलाइन फारम भर्न सकिनेछ। फारम भरिसकेपछी सिस्टम ले नै उपस्थित हुने मिति तय गर्नेछ ।
यदि तोकिएको मितिमा निवेदक उपस्थित हुन् नसकेमा उसले १५ दिन सम्म फारम भर्न पाउने छैन। दैनिक करिब ३ सय २५ जनाले फारम भर्न सक्ने प्रमुख थापा बताउले बताउनुभयो। उहाँले फारम टोकन जस्तो रुपमा रहने भएकोले कसैले अगाडी पछाडी गर्ने अवस्था नरहने र आउदो आइतबार देखि जाचको प्रकृया सुरु हुने बताउनुभयो।
फारम दस्तुर पाँचसय , मोटरसाइकलको १ हजार ५०० र जिप कारको दुई हजार राजस्व रहेको छ। प्रकृयागत रुपमा सुरुका दिनमा २ हप्तामा लाइसेन्स दिन सकिएपनि पछि चाप हेरी ३ देखि ४ हप्तासम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
यातायात कार्यालय बिरगंज अन्तर्गत हेटौडामा यातायात सेवा कार्यलय २०७१ सालमा स्थापना भएको हो । २०७५ माघ ९मा यसलाई स्तरउन्नती गरी प्रदेश ३ कार्यलय बनाइएको भएपनि २०७६ जेष्ठ ८ देखि मात्र लाइसेन्सको नविकरण र प्रतिलिपि दिन थालिएको थियो।
कार्यलय स्थापनाको एक बर्षमा नै भौतिक संरचना देखि सम्पूर्ण आधार मापदण्ड अनुसार तयार गरि छिटो यो सेवा दिन सक्नुमा मुख्यमन्त्री डोरमणि पौडेलको मुख्य भूमिका रहेको पाइन्छ।
कार्यालय उद्घाटन समयमा नै उनले छिटो छरितो किसिमले जनतालाई सेवा दिन निर्देशन दिएका थिए। यो सेवाको प्रारम्भबाट बिशेष मकवानपुर र चितवनका सेवाग्राही लाभान्वित हुनेछन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया