स्काभेटर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । दोलाखामा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?