बाघको छाला र हड्डी सहित एक पक्राउ

काठमाडौं । बाघको छाला १ थान र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ तिलुकाना बस्ने ६८ वर्षीय शिब बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित बुधबार दिउँसो प्रहरीले पक्राउ जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई–छिपाई राखेको उक्त छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?