काठमाडौं । बैंकको सिस्टम हृयाक गरि अनलाइन मार्फत ठगी गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ गरि अनुसन्धान गर्दा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन भएको प्रहरीले जनाएको छ ।
उनीहरुले अनलाइन मार्फत सार्वसाधारणलाई आकर्षक उपहार पर्यो भन्दै ठग्ने गरेका थिए।महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुको करिव १६/१७ करोडको कारोबार रहेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको र यसबारे अनुसन्धान गर्न पत्राचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।साथै यसबारे जानकारी दिन आजै पत्रकार सम्मेलन गरिने पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया