भोजपुरका २ वडा कार्यालयमा आगजनी

काठमाडौं । भोजपुर जिल्लामा दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाका रामप्रसादराई गाउँपालिका –२ वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

रामप्रसादराई गाउँपालिका वडा –२ को कार्यालय भने पुरै जलेको बताइएको छ । पौवादुङमा –३ वडा कार्यालयको ताला ह्यक्सोले काटेर भित्र रहेका कागज पत्र, कुर्सी, फर्नीचर आगो लगाएको पाइएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?