काठमाडौं। विराटनगर महानगरपालिका- ६ नम्बर वडाका वडाअध्यक्षले आत्माहत्या प्रयास गरेका छन् ।वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् ।
आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो। अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ ।
उहाँलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएको छ । कामत तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएकावडा अध्यक्ष हुँन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया