काठमाडौं । कपिलवस्तुमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ को बोडगाउँ नजिकै कार दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ का २९ बर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट चारनम्बर जितपुरका लागि आउँदै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चारनम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया