रावावेशी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

काठमाडौं । अज्ञात समूहले खोटाङको रावावेशी गाउँपालिका अध्यक्षको पार्किङ गरेर राखेको गाडीमा आगजनी गरेका छन् ।

गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले प्रयोग गर्दै आउनुभएको बा २ झ ३५२४ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ ।

गाडी पूर्णरूपले जलेको छ । आगजनी गर्ने समूहको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?