काठमाडौं । कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा २ दिन वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्यविनायकसम्मको सडक वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडक वैकल्पिक रुपमा प्रयोग गर्न भनेको हो ।
महाशाखाले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत अनुरोधसमेत गरेको छ ।
कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह ट्राफिकको अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया