सहकारीबाट १७ लाख भन्दा बढि रकम चोरी

काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका-२ महेशफाँटस्थित एक सहकारी संस्थाबाट नगद चोरी भएको छ। सानो कृषि सहकारी संस्था लिमिटेडबाट नगद १७ लाख ३८ हजार ३ सय ९ रुपैयाँ सोमबार चोरी भएको हो ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?