धरौटीमा छुटाइदिने भन्दै सर्वोच्च अदालतका नायब सुब्बाले लिए ९ हजार घुस

काठमाडौं । मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भन्दै सर्वोच्च अदालतका नायब सुब्बाले ९ हजार घुस लिएको खुलेको छ ।

देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर सर्वोच्च अदालतका सुब्बा सुधीरकुमार खड्काले २ लाख ५० हजार रुपैयाँ मागेका खुलेको हो ।

खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भन्दै दुई पटक गरेर ९ हजार रुपैयाँ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाल जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?