काठमाडौं । बागलुङ जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव भेटिएको छ । बुधबार बिहान स्थानीयले इस्मा गाउँपालिका–४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको शव खोलाको किनारमा फेला पारेका हुन् ।
शव बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव अहिले पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बडिगाड गाउँपालिका– ७ घोपर्नामा मंगलबार दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका थिए । घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया