गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिए

काठमाडौं । सडक विस्तारको काम गर्दे गर्दा गोदावरीमा एक्स्काभेटर ड्राइभर कुटिएका छन् ।

सडक विस्तारको काम गरिरहेका लामा–समामान्तर जेभीका एक्स्काभेटर चालक सन्तोष कोइरालामाथि सडक विस्तार पीडित संघर्ष समितिको नाममा आएको समूहले कुटपिट गरेका हुन् ।

गोदावरीचौरबाट हरिसिद्धीतर्फ तीन किलोमिटर सडक खण्डकाम गर्दै गर्दा चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ ।

कुटपिटबाट घाइते एक्स्काभेटर चालकको हात भाँचिएको समानान्तार जेभीका अच्युत खरेलले जानकारी दिनुभयो । घाइते कोइरालालाई मेडिसीटी हस्पिटल लगिएको छ ।

चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?