बागलुङ दुर्घटना अपडेट : मृतक १० को सनाखत

काठमाडौं । बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका–५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भुमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका–१ बस्ने भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका–७ नरमाया खत्री रहेका छन्। अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ मा मध्यपहाडी राजमार्गबाट तल बडिगाड खोलामा खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । घाइते तीनै जनाको उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?