यसकारण दुप्चेश्वरमा धान्य पुर्णिमाको दिन मेला लाग्छ ! (भिडियो)

काठमाडौं । नुवाकोटको जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर मन्दिर दुप्चेश्वर गाउँपालिका (साविकको राउतबेसी गाविस)मा अवस्थित छ । हेर्दा जंगल जस्तो लाग्ने एउटा डरलाग्दो भिर छ । सायदै जो कोहिले कल्पना नै गर्न सक्दैनन् यस्तो ठाउँमा मन्दिर होला भनेर ।
तर त्यहि भिरमा प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवको मन्दिर अवस्थित छ । दुप्चेश्वरलाई पशुपतिनाथको दोश्रो रुप मानिन्छ ।

परापुर्व कालमा करेजु बस्ने बासु तामाङ (वासे) गोगन चउरमा रहेको गाई हराएको र आसपास खोज्दा पनि गाई कतै फेला परेन । थकित भएर गोठमा सुतेका बासुलाई सपनामा एउटा सुन्दर जोगीले आफ्नो गाई पहरामा छ भनि भनिदिएको र भोलिपल्ट बिहान जोगीले भनेको ठाउँमा गएर हेर्दा सिमलाको लहराले छोपिएकॊ पहरामा रहेको शिलामा दुध चढिरहेको अवस्था गाई भेटिएको थियो । यसैपछि यस मन्दिरको नाम दुग्धेश्वर भनि राखिएको र पछि गएर यस मन्दिरको नाम दुप्चेश्वर रहन गएको किवदन्ती पाइन्छ ।
धान्य पूर्णिमामा भएको यस घटनापछि यहाँ प्रत्येक वर्ष धान्य पुर्णिमाको दिन मेला लाग्ने गरेको मन्दिरका पुजारी बताउँछन् । उक्त मेला मंसिर एकादशी देखि सुरु भएर धन्य पुर्णिमासम्म अर्थात् ५ दिनसम्म चल्ने गर्दछ । यहाँ देश तथा विदेशबाट मेला भर्नका लागि भक्तजनहरुको घुइंचो लाग्ने गदर्छ ।

मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?