दाङमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गयो, २० घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु र २० घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीदेखि प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको हो भने चालकसहित बसमा सवार २० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परि प्यूठानको मान्डबी गाउँपालिका वडा नं. १६ निवासी नेहा वलीको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?