१३ औं साग : ३-० को सोझो सेटमा नेपालले हरायाे बंगलादेशलाइ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत भलिबल खेलमा नेपालले जित हात पारेको छ । नेपालले बंगलादेशलाई ३-० को सोझो सेटले हराउँदै हाँसिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।

राष्ट्रिय महिला टोलीले समूह को पहिलो खेल बंगलादेशसँग खेल्दै प्रतियागिता सुरुवात गरेको थियो । पुरुष टोली भने बेलुका ७ बजे बंगलादेशसँग नै प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा पुरुष टोलीले बेलुका ७ बजे बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?