मेडिसिटी अस्पतालका डाक्टर बलात्कार आरोपमा समातिए

उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक राहित कुमार झा पक्राउ परेका छन् । सो अस्पताल गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानीको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई सोमबार अपरान्ह अस्पतालबाटै समातेको हो ।
झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार प्रयास गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?