पूर्व प्रमुखआयुक्त बस्नेतको सम्पत्ति रोक्का

काठमाडौँ । अख्तियार दुरुपयोग अनसुन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ ।
आजको कान्तिपुर दैनिकका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक नियकायका पूर्व प्रमुख आफैँ गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो ।
विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका आफन्त तथा व्यवसायिक साझेदारहरुमाथि छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?