आन्दोलन दबाउन हतियारको षड्यन्त्र

काठमाडौँ। मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो ।
त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ ।
विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइराला मेडिकल कलेज हतियार कान्डका विषयमा चारजना सुरक्षागार्डमाथि अनुसन्धान भइरहेको बताउँछन् । तर विद्यार्थीहरू भने आन्दोलन दबाउन हतियारको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।गाेरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?