काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रमको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्ष २०७६÷६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै उनले स्पष्ट शब्दमा भने, “आगामी बैठकमा पनि तिनै ठेकेदारले जिम्मा लिएका तिनै आयोजना पूरा नभएको विवरण सुन्नु नपरोस् । विकास खर्च २० प्रतिशतमात्र हुनु विकासका नाममा तमासा हो ।”
उनले तीन वटासम्म ठेक्काको जिम्मेवारी दिन सामर्थ भएका ठेकेदारहरुलाई ५० भन्दा बढी ठेक्का दिने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?