काठमाडौं । डल्लुबाट पुल्चोकस्थित कार्यालय जान बिहान ९ बजे बस चढेका विवेक रेग्मीलाई १० बजे कार्यालय पुग्न धौधौ पर्छ । कहिलेकाहीँ डेढ घण्टासम्मको समय लाग्ने गरेको उनको अनुभव छ । ‘जामले तीन किलोमिटरको दूरीमा रहेको कार्यालय पुग्न पनि डेढ घण्टासम्म लाग्छ,’ रेग्मीले भने । यसबीचमा टेकु, त्रिपुरेश्वर र थापाथलीको जामले यो रुट भई यात्रा गर्ने यात्रु सधै सास्तीमा पर्ने गरेका छन् ।
सोह्रखुट्टेदेखि पेप्सिकोला कार्यालय आउजाउ गर्ने प्रकृति अधिकारीलाई पनि सधैँ जामको समस्याले पिरोल्छ । झन्डै आठ किलोमिटर सडक पार गर्न उनलाई दुई घण्टा बढी समय लाग्छ । यस क्रममा सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, सिंहदरबार, माइतीघर, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा हुने जाम छिचोलेर कार्यालय पुग्नु उनको दैनिकी बनेको छ ।
काठमाडौं उपत्यकामा धेरैजसो यात्रुले दैनिकजसो बिहान ९ देखि ११ र दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्मको समयमा यस्तै जामको सास्ती खेप्नुपर्ने अवस्था छ ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया