बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अतिकतम मूल्यांकन गरी बैंकका कर्मचारीद्वारा मिलेमतोमा कर्जा प्रवाह हुने गरेको छ । पछिललो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित एक हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार ८ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । हाल सिआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाको करीब ६० लाख अनियमिताको घटना छानबिन गरिरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?