काठमाडौँ । आजको कान्तिपुर दैनिकले पहिलो पेजमा विभिन्न समाचारलाई समेटेको छ । बालयौन दुराचारीको दृष्टि नेपालमा परेको, सेना पनि सीमा अनुगमनमा, स्याटेलाइट राख्न लाओसको छेकबारलगायतका समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
अन्तरिक्षमा स्याटेलाइट राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले स्याटेलाइट राख्न लागेको स्थानले आफूलाई असर गर्ने भन्दै लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा पत्र पठाएपछि विवाद सतहमा आएको हो । पहिलो पटक नेपालले आफ्नै सञ्चार स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी गरिरहेको छ ।
यस्तै पश्चिमा मुलुकका बालयौन दुराचारीहरुले नेपालमा जथाभावी खुलेका बालगृह, कमजोर कानुन र न्यायिक प्रणालीको फाइदा उठाउने गरेको देखिन्छ । पछिल्ला दुई–तीन वर्षभित्र पक्राउ परेकाहरुमाथिको अनुसन्धानले यसको पुष्टि गर्ने भन्दै कान्तिपुरले बालयौन दुराचारीको दृष्टि नेपालतिर शीर्षकमा समाचार छापेको छ ।
यसैगरी नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो ।
सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकोमा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी कार्यमा लगाउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया