काठमाडौँ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । युनिसेफका सद्भावना दूत रहेका सचिन युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् ।
बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई नेपाल ल्याएको हो ।
सचिन नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११।०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै भारत फर्कंदै छन् ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले नेपाल आउँदा निकै खुसी लागेको बताएका छन् ।
क्रिकेटका भगवानको उपाधि पाएका सचिन नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् ।
यस अघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्कर र महेन्द्र सिंह धोनीले नेपालको भ्रमण गरेका थिए । त्यस्तै दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया