काठमाडौं। गृह मन्त्रालयले विद्यार्थी ठगेको आरोप लागेका मेडिकल कलेजहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही प्रक्रिया अघि बढाउने भएको छ । गृहले त्यसका लागि मेडिकल कलेज भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र काट्ने भएको छ । गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा विद्यार्थीको उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउन भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्ने भएको हो । सम्भवतः शुक्रबार (आज) पत्र काटिनेछ ।
गृह प्रवक्ता केदारनाथ शर्माले शिक्षा मन्त्रालयले आफूहरूलाई विद्यार्थी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताउँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने तयारी थालिएको बताए । राजधानी दैनिकम खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया