डायलासिसपछिको एक साता, प्रधानमन्त्री निरन्तर सक्रिय

काठमाडौं – स्वास्थ्य उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेतासँग भेटघाटलाई तीव्रता दिएका छन्।

गत साताको बुधबार र बिहीबार डायलासिसपछि आराम गरिराखेका प्रधानमन्त्रीले दोस्रो दिनदेखि नै सरकार र पार्टीको बैठकमा सक्रिय सहभागी भएका छन्।

शुक्रबार केही आराम गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग केहीबेर कुराकानी गरेका थिए। त्यसपछि शनिबार पार्टीको सचिवालय बैठक राखेका थिए। शनिबार पार्टीका सचिवालय सदस्यसँग छलफल गरेपछि ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक राखेर सातवटै प्रदेश प्रमुख हटाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यस बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पार्टीका नेतालाई जानकारी गराएका थिए।

त्यसपछि आइतबार पार्टी सचिवालय बैठक राखेका थिए। त्यसैदिन पुनः मन्त्रिपरिषद्को बैठक बोलाए पनि पार्टी र अध्यक्ष पुष्पकमल दाहालसँगको आन्तरिक छलफलका कारण भ्याएका थिएनन्। आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा जाँचका लागि गएका थिए। जाँचपछि मिर्गौलाको तत्काल डायलासिस गर्नुनपर्ने भएपछि अस्पतालबाट बालुवाटार आएका प्रधानमन्त्री ओलीले ११ बजे बोलाएको मन्त्रिपरिषद् बैठक १ बजे राखेका थिए। दिउँसो १ देखि साढे २ बजेसम्म बसेको बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति र प्रदेश प्रमुख पदमुक्त गरेका थिए। त्यसपछि ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका थिए। त्यसअघि ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेपछि तत्कालै सचिवालय बैठक बोलाए। साँझ ५ः३० देखि बसेको बैठक सवा सात बजेतिर सकिएको थियो।
उनले सोमबार पनि पार्टीको सचिवालय बैठक राखेका थिए। त्यसयता पनि उनकाे सक्रियता निरन्तर रहेकाे खबर नागरिकमा छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?