काठमाडौं – एटीएम ह्याकिङ प्रकरणमा पक्राउ परेका ३ जना नेपालीसहित ६ जना चिनियाँ नागरिक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनीहरु जेल चलान भएको महानरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
अदालतले माग गरेको धरौटी बुझाउन नसकेका कारण ३ जना नेपाली (ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी) पुर्पक्षका लागि जेल चलान भएका हुन्। चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरु भदौ १६ मा पक्राउ परेका थिए ।
एटीएम ह्याक गरेर रकम निकालेका चिनियाँ नागरिकले डेक्सो मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए भने नेपाल मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रूपमा साटेका थिए ।
यसरी निकाले चिनियाँ ह्याकरले नेपाली बैंकबाट डेढ करोड रूपैयाँ, एकै रातमा अरबौं झिक्ने योजना
एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन जना सञ्चालक समातिए
एटीएम ह्याकिङ प्रकरणपछि रोकियो अन्तर बैंक कारोबार, सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया