चन्द्रागिरिमा ७०० भाडा लिनुको कारण माग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो ।

विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेश गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?