घर किन्दा ७० प्रतिशतसम्म कर्जा

घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । यो खबर आर्थिक अभियानमा छापिएको छ ।

यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो ।

नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?